robot-fmcr-432x437

खाना तथा औषधोपचारका सामाग्रि ओसार्ने रोबोट परीक्षण सम्बन्धि प्रेस विज्ञप्ति

रोबोटिक्स एसोसिएसन अफ नेपाल [ र्यान ] ले खाना तथा औषधि बोक्ने रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगंजमा सफलतापूर्वक सम्पन्न गरेको छ । चैत्र ३० मा, विकासकर्ता सहितको टोलीले शिक्षण अस्पतालका बायोमेडिकल ईन्जिनियरसँगको समन्वय पश्चात शिक्षण अस्पतालको भ्रमण गर्नुभएको थियो । शिक्षण अस्पतालसँगको समन्वयतामा यस रोबोटका एक विकासकर्ता तथा कान्तिविर नामक समुहका पंकज जपरेलको मुख्य भुमिका रहेको थियो ।

रोबोट बनाउने समुहले अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गलाई परीक्षण सम्बन्धि जानकारी गराएर आइसोलेसन वार्डमा रहेका नर्सहरूसँग वार्तालाप गरे जो कोरोना शंका लागेका बिरामिहरूको हेरचाहमा खटिएका थिए ।

रोबोनट्स नामक समुहको टोली प्रमुख समेत रहेका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरि ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तुति दिनुभयो । आइसोलेसन वार्ड कोरोना आशंका लागेका तथा संक्रमित बिरामिको उपचारको लागि तयार गरिएको हुँदा उक्त सफल डेमो प्रस्तुति हाम्रो लागि कोसेढुंगा सावित भयो । साथै ओजटेक नामक संस्थाका रिचन जोशीले एफपीभी (First Person View) सेटको साथ रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलै सँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छन् भन्ने बारेमा नर्सहरूलाई विस्तृत जानकारि दिनुभयो । एफपीभी सेटको सहायताले रोबोट चालकले रोबोटको नजरबाट रोबोट कसरि गुडिरहेको छ भन्ने जानकारि रोबोटमा राखिएको क्यामेराको दृश्य सहित हेर्न सक्छन् । पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरि स्वचालित रूपमा आफ्नो तथा बिरामिको सरसफाई गर्न सक्छ र बिरामि र स्वास्थयकर्मिहरूबिचको संवाद कसरि गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मिहरूबाट सुझाव तथा रोबोटको काम सम्बन्धि प्रतिक्रिया लिनुभयो । रोबोटलाई सम्माननिय स्वास्थ्य मन्त्री भानुभक्त ढकालको समक्ष चैत्र २ गते दिउँसो २ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत प्रदर्शनि गरिएको थियो ।

रोबोटको सहायताले नर्सहरु तथा स्वास्थ्यकर्मिहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशंका लागेका तथा संक्रमित बिरामिहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिन्छ भन्ने आशा गरिएको छ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल द्वारा गरिएका अन्य पहलहरु:

ड्रोन र्यापिड रेस्पोन्स टिम कोभिड–१९ नेपाल [Drone Rapid Response Team Covid-19 Nepal]:

रोबोटिक्स एसोसिएशन अफ नेपाल [ र्यान ] विगत १४ दिनदेखि रोबोटिक्स एण्ड टेक कम्युनिटी, रोबोटिक्स एसोसिएसन अफ नेपाल फारवेस्ट, रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्ट, इनोभेटिभ घर नेपाल, जीबीएस टीम, नेपाल फ्लाइङ्ग ल्याब, नक्सा, मधुका ड्रोन सर्विसेज, ड्रोनेपाल, एयरलिफ्ट नेपाल, ओजटेक, क्वाडकप्टर्स नेपाल, पार्टी नेपाल र प्याराडीगम टिभी लगायतसँगको समन्वयमा र्यापिड रेस्पोन्स टिम कोभिड-१९ नेपालमा काम गरिरहेको छ ।

ड्रोन र्यापिड रेस्पोन्स टिम कोभिड-१९ नेपालको मिशन कोभिड-१९ को बिरूद्ध रोबोटिक्स र ड्रोन समुदायको रेसपोन्स बनाउने हो र लकडाउनको समयमा जनताको गतिबिधि अनुगमनमा सरकारलाई सहयोग पुर्‍याउनु साथ- साथै जनताको गोपनीयता र डाटा सुरक्षा सुनिश्चित गर्नु हो । ड्रोन र्यापिड रेस्पोन्स टिम कोभिड-१९ नेपालको एन्ड्रोइड एप यहाँ बाट प्राप्त गर्न सकिन्छ : DRRT Covid 19 APK साथै ड्रोन र्यापिड रेस्पोन्स टिम फ्रेमवर्क यहाँ बाट हेर्न सकिन्छ : DRRT Framework

एयर भेन्टिलेटर:

रोबोटिक्स एसोसिएसन अफ नेपालका सदस्य कपालिक खनाल मेकानिकल भेन्टिलेटर प्रणालीमा काम गरिरहेकाछन् जसले अम्बु ब्यागले हावालाई भेन्टिलेटर प्रणालीमा पम्प गर्नको लागि प्रयोग गर्दछ। कपालिक नेपालका अस्पतालमा भेन्टिलेटरको अभावलाई पूरा गर्नको लागि कम लागतको तर स्केलेवल मेकानिकल भेन्टिलेटरको डिजाइन र विकासको प्रक्रियामा छन् ।

त्यस्तै रोबोटिक्स एसोसिएशन अफ नेपालको रिसर्च तथा डेवलपमेन्ट टिम रोबनट्ससँग मिलेर मेकानिकल भेन्टिलेटरमा बनाउन कार्यरत छन् । यो भेन्टिलेटरको नमुना शिक्षण अस्पतालमा उपलब्ध छ। थ्रीडी डिजाइन निर्माण गरि यस नमुनाको काम जाँच गर्न र प्रमाणित गर्न डिजाइन प्रिन्टमा काम गरिरहेका छन् । यस्तै मेकानिकल भल्भ समावेश भएको एयर भेन्टिलेटर प्रणाली पनि अनुसन्धानको चरणमा छ ।

नेपाल इनोभेसन म्यापर टुल:

रोबोटिक्स एसोसिएसन अफ नेपाल [र्यान] स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सहयोग पुर्‍याउन नक्सासँग डिजिटल साझेदारको रूपमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय र द एसिया फाउन्डेसनको सहयोगमा नेपाल र दक्षिण एशियामा सुरू गरिएका कोभिड-१९ सम्बन्धित नविनतम परियोजनाहरू र पहलहरूको पहिचान गर्न प्रयास गरि सामुहिक रिपोर्टिङ र सामुहिक म्यापिङ मा काम गरेर सम्पुर्ण जानकारी ओपन सोर्स बनाउने परियोजनामा काम गरिरहेको छ यो सम्बन्धि जानकारि केहिदिनमा सार्वजनिक गरिने छ ।

यस बाहेक सहि सुचना जनता माझ पुर्याउन True News in Nepal र कोभिड-१९ टेस्ट बुथमा पनि र्यानले काम गरिरहेको छ ।

खाना,औषधोपचारका सामाग्रि ओसार्ने रोबोटको प्रेश विज्ञप्तिडाउनलोड गर्नुहोस्
Food and Medicine Carrier RobotDownload Press Release CFMCR

Tags: No tags

Add a Comment

Your email address will not be published. Required fields are marked *