RAN Membership Registration 2019-2020

ran_membership_orientation

Documents to be presented during the application of membership form.

  • Recommendation Letter
  • Resume / Curriculum Vitae

Membership Eligibility Criteria : 

        Anyone who has either:

  • Recommendation Letter
    1. From respective robotics club or college or school
  • Participated in at least three RAN events either
    1. Organized by RAN
    2. Supported by RAN
  • Enthusiasm in working in the field of robotics and technology.

(Applicant with past projects preferred)

Registration Fee : NRs 1000.00/-

The validation of RAN membership lasts for a year.

As a RAN Member you:

    • Will get 15% discount in Training cost of the workshops organized by RAN
    • Recognition as a member of RAN in our websites and social media
    • Meeting with the different personalities of robotics and electronics fields
    • Participation in the personal skill development workshops through RAN
    • A recommendation letter
    • RAN’s ID Card
    • RAN’s T-shirts
    • Make your Resume attractive by adding RAN’s Membership experience.
    • Can be involved in Research and Development Project.
    • Can involve in different events of RAN as:
      1. Volunteer
      2. Participants
      3. Presenter

As a RAN Member you:

  • Have to follow the constitution of RAN.
  • Have to follow the decision made by Executive Committee.
  • Have to take responsibility of completing task assigned on time.
  • Have to maintain goodwill of RAN

Short listed candidates will be called for the interview and selected accordingly.

DEADLINE FOR FORM SUBMISSION : 5:00 PM, 20th June 2019

Registration Form : RAN Membership Registration Form 2019-2020

Yantra 7.0 Science, Technology & Entrepreneurship Festival

Yantra 7.0 Science | Tech | Entrepreneurship Festival 2018

Let’s create Robotics Industry Together in Nepal. Register your Robot now!!

Robotics Association of Nepal[RAN] is proud to announce Yantra 7.0 Science, Tech and Entrepreneurship Festival for this Year 2075. This year Yantra consists of International Robotics Competition(IRC), Yantra Learning, Yantra Kids and Yantra Incubation. IRC consists of 5 different events: RoboBusiness Cup, Manual Akhada, Automatic Akhada, Yantra Drone Racing League, Yantra National League.

Creating Robotics Industry in Nepal is envision with RoboBusiness Cup, its an event focused on building Entrepreneurial Ecosystem for all the Robotics Lovers and Engineers & IT professionals of any background. It offers Cash & In-kind Prizes, Product Incubation Program and Business Incubation for the winners of the event. It is a new edition and main event for International Robotics Competition which will create Robotics Entrepreneur in Nepal.

For More details: yantra.ran.org.np

 

Yantra 7.0 Teaser

The wait is Over!!!!
Yantra is Coming!!!
Yantra Science, Tech and Entrepreneurship festival, previously known as Yantra Art, Tech and Science Festival is back with a bang.
Stay tuned for more updates. Let us know what’s your favorite part in Yantra.
#entrepreneurship #science #technology #Yantra #RAN
#TechnologyForAll #RoboticsForDevelopment #CreatingRoboticsIndustryInNepal

Press Release – Team Nepal, International Robot Olympics FIRST Global Challenge

IMG_20180809_140707_HDRरोबोटिक्स एशोसिएसन अफ नेपाल मुनाफा रहित गैर सरकारी संस्था जुन २०१० ई.स. मा नेपालमा रोबोटिक्स र अटोमेसन विकासको लागि स्थापित भएको थियो । स्थापना कालदेखि नै रोबोटिक्स एशोसिएसनले नेपालको ईन्जिनियर, आई.टि प्रोफेसनल तथा विद्यार्थीको सिप, क्षमता, शृजनशिलता  र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स एशोसिएसन अफ नेपाल र नेपाल ईन्जिनियर्स एशोसिएसन विगत केहि वर्षदेखि सहकार्य गर्दै आएको छ । नेपाल ईन्जिनियर्स एशोसिएसनको सहयोगमा नै रोबोटिक्स एशोसिएसनले  नासा इन्टरनेसनल स्पेस एप २०१७ , मिस टेक २०१७ र यन्त्र ६.० कला, प्रविधि तथा विज्ञान सम्पन्न गर्न सफल भएको थियो ।

रोबोटिक्स एशोसिएसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकार्य गर्दै आएको छ । FIRST Global, रोबोटिक्स एशोसिएसन अफ नेपाल तथा नेपाल ईन्जिनियर्स एशोसिएसनको सहकार्यमा FIRST Global ले मेक्सिकोमा आयोजना गर्न लागेको International Robot Olympics – FIRST Global Challenge मा नेपालले प्रथम पटक प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगितामा शिशिर बिश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ र सार्थक सेन प्रतिस्पर्धा गर्दै छन् । १४ देखि १८ वर्ष सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने यस ओलम्पिकमा टिम नेपाललाई निर्देशन रोबोटिक्स एशोसिएसन अफ नेपालका सचिव श्री बिनोद कँडेलले गर्दै हुनुहुन्छ र श्रावण २९ गतेदेखि भाद्र २ गते १६९ राष्ट्रका प्रतिस्पर्धीसँग नेपालले आफ्नो प्रतिभा विश्वको सामू देखाउनेछ । श्रावण २६ गतेनै नेपालको टिम नेपालबाट मेक्सिकोका लागि प्रस्थान गर्दैछ र आयोजकहरुसँग भेटघाट गर्ने छ , आयोजकहरुले सबै प्रतियोगीलाई प्रतियोगिताको नियमहरूको बारेमा जानकारी प्रदान गर्ने छन् ।

प्रतियोगिताको सबै तयारी पुरा भईसकेको छ । सबै प्रतिस्पर्धीहरू शारीरिक तथा मानसिक रुपमा तयार भइसकेका छन् । प्रतिस्पर्धाको लागि चाहिने रोबोट १५ दिन अघि नै तयार भइसकेको छ । अहिले टिम नेपाल प्रतिस्पर्धामा दिइएको कामहरू पुरा गर्न अभ्यासमा व्यस्त रहेको छ । टिम नेपाल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्नेमा ढुक्क राखेको छ अहिलेको हाम्रो लक्ष्य तेश्रो स्थान हासिल गर्ने रहेको छ | हाल प्रतिस्पर्धामा जना लागेको टिमले नेपालको हरेक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ , त्यसैले ओलम्पिकमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छ । यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने संलग्नताले नेपालको रोबोटिक्सको स्तर बढाउने रोबोटिक्स एसोसिएसन अफ नेपालको ठहर रहेको छ र आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रतिष्पर्धा गर्न एसोसिएसनले पहल गरिराख्ने छ र नेपालमा उपयोगी रोबोटहरुको विकास गर्न अग्रसर रहनेछ ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता यन्त्र  कला, विज्ञान र प्रविधि महोत्सवबाट   विगत ८ वर्ष देखि गर्दै आएको छ । रोबोटिक्स प्रतियोगितामा ड्रोन रेसिङ, रोबोट फाईट [ अटोमेटिक तथा म्यानुअल ], रोबोट फूटबल तथा दैनिक जीवनमा प्रयोग गर्ने रोबोटको प्रतियोगिता गर्दै आएको छ । यिनै प्रतियोगिताबाट नेपालमा रोबोटिक्स ईन्जीनियरहरुमा पैदा गरिरहेको छ । ईमेज प्रोसेसिङ गर्न सकिने रोबोट , रिमोट कन्ट्रोल रोबोट , डिस्ट्रक्सन गर्न सक्ने रोबोट , स्वचालित रोबोटहरू नेपाली रोबोट ईन्जिनियर आफै बनाउन सक्ने भैसकेको छन् । यी प्रतियोगितामा स्कुलका बिद्यार्थी देखि लिएर ईन्जिनीयरिङ पढिराखेको ३०० जना भन्दा बढि बिधार्थीहरुले बार्षिक रुपमा सहभागिता जनाउदै आएका छन् । मानब र मेसिन भन्ने नाराका साथ रोबोटिक्स एशोसिएसनले सन् २०१० देखि आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालका ईन्जिनियर तथा आई .टि  प्रोफेसनलको करिअर विकासको निम्ति तालिम , वर्कसप , प्रतिस्पर्धा, यन्त्र कला, विज्ञान र प्रविधि महोत्सव , मिस टेक , नासा स्पेस एप च्यालेन्ज , उज्ज्वल एजुकेसन , अनुसन्धान तथा बिभाग शाखाबाट निस्किने नविनतम खोजहरु एशोसिएसनको आगामी मुख्य कार्यक्रमहरु रहेको छ ।

आगामी पुस महिनामा रोबोटिक्स एशोसिएसन अफ नेपालले  यन्त्र कार्यक्रम अन्तर्गत अन्तर्रास्ट्रिय रोबोटिक्स प्रतियोगिता  आयोजना, मेन इभेन्ट , यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा, यन्त्र रेसर र यन्त्र राष्ट्रिय लिग गरी ५  विधा रहेको यस अन्तर्राष्ट्रियस्तर प्रतियोगितामा दक्षिण एसिया  लगायत यूरोपियन र अमेरिकी राष्ट्र  गरि ७० ओटा ईन्जिनियरिङ र उच्च माध्यमिक  विद्यालयका विद्यार्थी समूहको उत्साहाजनक सहभागिता रहने  आशा गरिएको छ । 

राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको रुपमा यन्त्र २०१२ देखि सुरु भएको यस महोत्सबलाई कलाकार, डाक्टर, ईन्जिनियर तथा विद्यार्थीहरुको सम्मेलन गर्ने मञ्च बनाएका छौँ । यस बर्ष यन्त्र ७.० “ द फ्युचर ”को नारा दिएर अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता, श्रीजनशील  कम्प्युटिङ, कला प्रविधि प्रदर्शनी , यन्त्र लर्निंङ, यन्त्र इन्कुबेसन र यन्त्र किड्स आयोजना हुदैंछ,  पूरा कार्यक्रम तीन हप्तासम्म लामो हुनेछ ।

के हो रोबोटिक्स एशोसिएसन अफ नेपाल?

रोबोटिक्स एशोसिएसन अफ नेपाल २०१० मा स्थापना भएको एक गैर सरकारी संस्था हो । रोबोटिक्सको क्षेत्रमा सिक्ने र सिकाउने साझा चौतारी बनाउनु र रोबोटिक्सको संस्कृतिको विकास गर्नु यो संस्थाको प्रमुख उदेश्य हो । उल्लेखीत उदेस्य प्राप्तिको लागि निम्न कार्यदिशा तय गरेका छौँ ।

  • नेपालमा रोबोटिक्सको क्षेत्रमा हुने सबैखाले कार्यहरुलाई  प्रोत्साहन गर्ने ।
  • रोबोटिक्समा गहीरो रुची भएका विद्यार्थीहरुलाई सहयोग गर्ने ।
  • नेपालमा हुने सबैखाले रोबोटिक्स क्रियाकलापमा सहकार्य गर्ने ।
  • रोबोटिक्सको क्षेत्रमा भएका कार्यहरुको लेखा राखी त्यस्ता कार्यपत्रहरु संकलन गर्ने ।
  • रोबोटिक्स तथा विज्ञान र प्रविधिको सूचना अदान प्रदान गर्ने माध्यमको रुपमा काम गर्ने ।
  • रोबोटिक्स सम्बन्धित गोष्ठि, वर्कशप, तालिम, कार्यपत्र प्रस्तुति आदि आयोजना गर्ने ।
  • नेपालमा हुने रोबोटिक्स सम्बन्धि कार्य तथा अनुसन्धानमा हरसम्भव तरिकाले सहयोग गर्ने ।
  • रोबोटिक्स सम्बन्धित अन्तर्राष्ट्रिय गतिबिधिहरुमा नेपालको प्रतिनिधित्व  गर्ने ।
  • रोबोटिक्स सम्बन्धि कार्ययोजना र नियमकानुन बनाउन सहयोग गर्ने ।

 

माथि उल्लेखित कार्यदिशालाई सफल बनाउन यस एशोसिएसनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसमध्य तल उल्लेखित कार्यक्रमहरु भब्य तरिकाले सम्पन्न भइसकेका छन् ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले गरेका कामहरु :

बि.सं २०११- बि. सं २०१८  :

प्रतियोगिताहरु :

  • यन्त्र १.० – ६.०  कला, विज्ञान र प्रविधि महोत्सव  सम्पन्न गर्न सफल ;
  • हरेक वर्ष यन्त्र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सम्पन्न ;
  • ह्याक द क्वेक, भुकम्पबाट बच्नको लागि धारणा प्रस्तुत गर्ने प्रतियोगिता;
  • मिस टेक २०१६ -२०१७, अमेरिकी राजदुतावास , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र,  नेपाल दुरसञ्चार प्राधिकरणसंगको सहकार्यमा सम्पन्न;
  • डेरीमेकर कोड + डिजाईन च्यालेन्ज सम्पन्न, वर्ल्ड बैंक तथा माइक्रोसफ्टको सहयोगमा सम्पन्न;
  • नासा अन्तर्रास्ट्रिय स्पेस एप च्यालेन्ज काठमाडौँ सम्पन्न, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा मर्सिकोर र नेपाल ईन्जिनियर्स एशोसिएसनसंगको सहकार्यमा सम्पन्न;
  • ड्रोन याज ए सर्भिस , बिजनेस इन्कुबेसन प्रोग्राम सम्पन्न , नेपाल ईन्जिनियर्स एशोसिएसन तथा वुइ रोबोटिक्स (We Robotics) सँगको सहकार्यमा सम्पन्न;
  • यन्त्र इ – जी .आर. सी. टेककृति, आई .आई. टि. कानपुरसँगको सहकार्यमा सफलता पुर्वक गर्न सफल;
  • पोखरा र बिराटनगरमा क्षेत्रीयस्तरको रोबोटिक्स तालिम तथा प्रतियोगिता गराउन सफल;
  • मेड इन नेपाल एक्स्पोमा रोबोटिक्स प्रतियोगिता सम्पन्न गर्न सफल;

 

प्रदर्शनी तथा कार्यक्रमहरु:

  • एड्भान्सेज इन कम्प्युटर इन्टरटेनमेन्ट २०१२, टोक्यो विश्वबिद्यालयको सहकार्यमा गर्न सफल;
  • काठमाडौँ मिनि मेकर फेएर २०१६, अमेरिकी राजदुतावास , नेपाल कम्युनिटर , वर्ल्ड भिजन सँगको सहकार्यमा गर्न सफल;
  • भविष्य २०७४, विज्ञान तथा प्रविधि मन्त्रालय , कारखाना , वर्ल्ड भिजन, नास्ट तथा नेपाल आर्मीसँगको सहकार्यमा गराउन सफल;

 

तालिमहरु :

  • अमेरिकी राजदुतावाससँगको सहकार्यमा ७ जिल्ला (काठमाण्डौ, पोखरा , इलाम, बिराटनगर , धनगडी, सुर्खेत, भैरहवा ) मा पाँच दिने हार्डवेयर, सफ्टवेयर तथा विजनेस सम्बन्धि तालिम सम्पन्न;
  • नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा  गर्ल्स क्यान फ्लाई सम्पन्न;
  • अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा ८५+ जना ईन्जिनियर, आइ.टि, वन विज्ञान, कृषि , वातावरणका  छात्राहरुलाई ‘Empowering Women In GIT’ ४ दिने कार्यक्रम गर्न सफल;
  • एरो स्पेस ईन्डियासँगको सहकार्यमा आर. सी एरोप्लेन वर्कसप गर्न सफल;
  • गो गर्ल्स  वर्कसप (५ ओटा संस्करण) गर्न सफल;
  • हरेक वर्ष देश ब्यापी हार्डवयेर प्रोगरामि वर्कसप सम्पन्न;
  • ३ डी प्रिन्टि्ग वर्कसप;
  • ड्रोन वर्कसप र अन्य;

 

भुकुम्पको बेलामा गरिएको कार्य:

  • लाईट अफ होप : सोलार तालिम तथा वितरण कार्यक्रम सम्पन्न ( ४२० ओटा सोलार सिस्टम  ७ ओटा भूकम्प प्रभावित जिल्लामा वितरण )

 

प्रोजेक्टहरु :

  • बाढी जानु अघि अलार्म दिने प्रणाली मर्सीकोर सँगको सहकार्यमा बनाउन सफल;
  • स्विस कन्ट्याक्ट तथा डेवलपमेन्ट भोएज सँगको सहकार्यमा स्वचालित डी हस्किङ्ग मेसिन बनाउन सफल;
  • विदेशी विनिमय डिस्प्ले गर्ने इलेक्ट्रोनिक मेसिन बनाउन सफल;
  • ट्यांकीमा पानीको मात्रा पत्ता लगाउने मेसिन बनाउन सफल;
  • मौसमको गतिबिधि तथा त्यसको बारे सूचना दिने सिस्टम बनाउन सफल;
  • यु.एन.डि.पि. सँगको सहयोगमा प्लास्टिक पुनर्नवीनीकरण प्रोजेक्ट गर्दै;

 

सहकार्यहरु :

  • यु.एन.डि.पि.सँगको सहकार्यमा नेपालमा ‘Technology for Public Services and Development’ कार्यक्रम गर्न सफल; विश्वको पहिलो नागरिकता प्राप्त गर्ने रोबोट सोफिया लाई नेपालमा ल्याउन सफल;
  • अन्तरप्रेरणासँगको सहकार्यमा क्रिएटिभ विजनेस कप गर्दै;
  • अमेरिकी राजदुतावास, क्युस्ठब कोव , कारखाना र सिर्जनालयको सहकार्यमा ‘इन्नोभेसन फर एजुकेशन’ फेएर गर्न सफल;
  • तमासेक होल्डीङ्गसले भारतमा गर्न लागेको ‘IOT India’ मा नेपालबाट कन्ट्री पार्टनर बन्न सफल;

 

अन्य :

  • हरेक वर्ष नेपालभरि ५० भन्दा बडी सदस्यहरु बनाउन सफल;
  • बिभिन्न ईन्जिनीयरि’ कलेजमा रोबोटिक्स क्लबको स्थापना;
  • कलेजस्तरीय हार्डवेयर प्रदर्शनी सहकार्य सम्पन्न ( आई. ओ . ई , पुल्चोक , एडभान्सड ईन्जिनीयरि कलेज , हिमालयन कलेज अफ ईन्जिनीयरि, के. ई.सी धापाखेल , के. ई.सी कालिमाटी  )
  • नाडा अटो शोमा नेपालमै  बनेको रोबोटको प्रदर्शनी ;
  • एसएलसी तथा प्लस टू दिएका विद्यार्थीहरुलाई एल टू एल कक्षा सञ्चालन;